नेपालमा ह्वात्तै बढे कोरोना संक्रमित : २४ घण्टामा ३१४ संक्रमित थपिए , ३७६२ पुग्यो कुल संख्या

काठमाडौं, जेठ २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज कोरोनाको दैनिक अद्यावधिक बिवरण दिँदै २४ घण्टामा ३१४ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।

यसैगरी नेपालमा कोरोना संक्रमित हुनेको संख्या हाल ३ हजार ७ सय ६२ पुगेको छ । प्रवक्ता डा.  गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको