“दु:खको साथी अभियान” द्वारा बिपन्न महिलालाई खाद्यान्न सहयोग
चितवन। भरतपुर महानगरपालिका वडा नं-५ मा अत्यन्तै दयनीय अवस्थामा रहेकि १ महिलालाई दु:खको साथी अभियानद्वारा खाद्यन्न सहयोग गरिएको छ । दुखको साथी अभियानकि संयोजक देविका कुवँरले भरतपुर महानगरपालिका वडा नं-५ की सोनिका बरालको आर्थिक अभावका कारण खाद्यान्नको समस्या भएको थाहा पाएपछी दुखको साथी अभियानद्वारा बराललाई सहयोग गरिएको हो । विश्व छहारी टोल विकास संस्थाको रोहवरमा सो सहयोग हस्तान्तरण गरिएको अभियानकि संयोजक देबिका कुवँरले जानकारी दिईन ।
सोनिका बरालको श्रीमानले केही दिन अगाडि आत्महत्या  गरेका थिए । बराललाई अहिले किरीया खर्च पनि नभएको थाहापाए पछि दुखको साथी अभियानले  खबर पाउने बित्तिक्कै खाद्यान्न लिएर पुगेका हुन । सामाजिक संजाल मार्फत जोडिएर दिदि बहिनीहरु मिली दुखको साथी अभियान सुरु गरेका हुन । ८ जना महिलाको संलग्नतामा यो अभियान सुरु गरिएको हो । सो अभियानमा नमुना पौडेल, अम्बिका लामिछाने, रेखा भट्टराई,गिता अधिकारी, जानुका कुवँर, मिना दाहाल, सबिता कुवँर र देविका कुवँर रहेका छन् । सो सहयोग देविका कुवँरको संयोजकत्वमा गरिएको थियो। यस संस्थाको मुख्य उधेश्य नै विषम परिस्थितिमा समाजमा खानबाट कोहि बन्चित नहुन् भनि यो अभियान सुरुवात गरिएको संयोजक कुवँरले बताइन् । जेठ ११गते बाट सुरुभएको दुखको साथी अभियानले यस अगाडि पनि  सहयोग गर्दै आएको छ । सो सस्थाले भरतपुर महानगरपालिका वडा नं ११ लाई १ हजार थान मास्क हस्तान्तरण, गर्भवती महिलालाई खाद्यान्न सहयोग,
भरतपुर महानगरपालिका वडा नं ७ को राष्ट्रिय माविमा रहेको क्वारेन्टाइनमा १ सय थान मास्क सहयोग गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको