सोमबार,
फाल्गुण०५,
२०८१
|
Monday, February 17, 2025
गोरखाको घ्याल्चोक सहित गण्डकी गाउँपालिकाको ९ जनामा कोरोना संक्रमण पुष्टि
२५ जेष्ठ २०७७, आईतवार ०८:२९
रमेश रेग्मी, घ्याल्चोक । गोरखाको घ्याल्चोक सहित गण्डकी गाउँपालिकाको ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं. ७ घ्याल्चोक स्थित ज्ञानमार्ग माबीको क्वारेन्टाइनमा रहेका मध्ये १ जनामा, वडा नं. ८ भिमोदय माबीको क्वारेन्टाइनमा रहेका मध्ये ४ जनामा र वडा नं. ४ दर्बुङको रत्नेश्वर माबीको क्वारेन्टाइनमा रहेका मध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू सबै भारतबाट आइ क्वारेन्टाइनमा बसेका थिए । ती सबै क्वारेन्टाइनमा दर्जनौं स्थानियहरु भारतबाट आइ बसिरहेका छन ।