गण्डकी प्रदेशमा बिहानै थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै यो प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ । संक्रमित हुनेमा स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बाग्लुङमा १ जना छन् । स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद विन्दु शर्माद्वारा जारी विज्ञप्तमिा उल्लेख गरिएको छ । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना संक्रमित भएका छन् ।

त्यस्तै, नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बागलुङको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको