
चितवन । चितवन मेडिकल कलेजले अस्पतालमा १ महिना देखि उपचाररत १८ महिनाकि बालिका सदिक्षा चेपाङको सम्पुर्ण उपचार खर्च निशुल्क गरिदिएको छ । कालिका दैनिक डट कम अनलाइनमा सदिक्षा चेपाङको उपचारमा भएको खर्च तिर्न नसक्दा डिस्चार्ज गर्न नपाएको समाचार प्रकाशित भएपछी अस्पतालको ध्यानाकर्षण भएको हो । चितवन मेडिकल कलेजका सिइओ प्रताप देवकोटाले १८ महिनाकि बालिका सदिक्षा चेपाङको सम्पुर्ण उपचार खर्च निशुल्क गरि आज नै डिस्चार्ज गरिने जानकारी दिए । सामाजिक अभियन्ता सङिता भट्टराई, अर्जुन भुसाल, अस्पताल प्रशासन र अभिवावक बीच भएको छलफलमा चितवन मेडिकल कलेजका सिइओ प्रताप देवकोटाले आर्थिक अबस्था कमजोर रहेकि बिरामीको सम्पूर्ण खर्च निशुल्क गरिदिने बताएका हुन ।
उनको उपचार गर्दा सो अस्पतालमा १ लाख ५३ हजार रुपैया तिर्नु पर्ने भएको थियो । साथै अस्पताल बाहिर खरिद गरिएको औसधि करिब ८० हजार रुपैया भने तिर्न बाकी रहेको बिरामी सदिक्षाका बुवा बर्षा चेपाङले बताए ।
https://www.kalikadainik.com/2020/06/03/14193/
चितवन मेडिकल कलेजलाई तिर्ने पैसा नहुँदा सिद्धीकि १८ महिने चेपाङ बालिकाको बिचल्ली