लायन्स क्लब अफ चितवन नेशनल पार्कको आयोजनामा प्रशिक्षण कार्यक्रम

चितवन – लायन्स क्लब अफ चितवन नेशनल पार्कको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रमको होस्ट क्लबका चार्टर प्रेसिडेन्ट एवं  लायन्स क्लब इन्टरनेशनल ३२५ बि टु नेपालका एओजी निरज श्रेष्ठले गरेका थिए । भर्चुअल प्रविधिबाट जुम एप मार्फत “लायन्स इम्प्याक्ट लर्न एण्ड सर्भ” बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई बिराटनगरबाट डा सन्देश दास श्रेष्ठ र भारतबाट लायन ज्योति मेहताले सहजिकरण गरेका थिए । डा. श्रेष्ठले “सेवा नेतृत्व र सफलता” को बिषयमा प्रशिक्षण दिएका थिए । यस्तै मेहेताले “सफलता लागि मेहनत” भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कोरोना भाइरस र जारी लकडाउनको समयमा समाजमा लायन्सले पुर्‍याउन सक्ने सकारात्मक असरको बिषयमा समेत छलफल भएको थियो । चितवन ग्रीन लायन्स क्लबको सहयोगमा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बि टु नेपालका डिस्ट्रिक्ट गभर्नर एम जे एफ लायन अनुप पहारी, निर्वाचित डिस्ट्रिक्ट गभर्नर एम जे एफ लायन शम्भु नकर्मी लगायत नेपाल र भारतका गरी एक सय ५२ जना लायन्स र लियोहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको