
काठमाडौं, जेठ १५ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक हजार नाघेको छ ।
आज १५६ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बिकाश देवकोटाले आज नियमित अपडेटमार्फत आज १५६ जना नयाँ संक्रमित रहेको जानकारी दिनुभएको हो । पछिल्लो रिपोर्ट अनुसार १५६ जना नयाँ संक्रमित थपिएका छन । नयाँ संक्रमितहरु धनुषा, महोत्तरी, दोलखा,सोलुखुम्बु, बझांगलगायतका जिल्लाका रहेका छन ।
देवकोटाका अनुसार प्रदेश १ मा १२९, प्रदेश २ मा ४१५, बागमति ४४, गण्डकी १७, प्रदेश ५ मा ३६९ जना, कर्णालीमा ४७, सुदुरपश्चिमका २१ जना संक्रमित रहेका छन । आज थपिएसँगै ५१ जिल्लामा कोरोना संक्रमित देखिएका छन ।