स्थापना दिवसको अबसरमा प्रेस युनियनले गर्‍यो दिप प्रज्वलन

चितवन । प्रेस युनियन चितवन शाखाले आज सांँझ दीप प्रज्ज्वलन तथा शुभकामना आदान प्रदान गरेको छ । युनियनको २९ औं दिवसको अवसर पारेर भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित आफ्नै भवन परिषरमा दीप प्रज्ज्वलन गरी स्थापना दिवस मनाएको हो ।सो अवसरमा बोल्दै नेपाल प्रेस युनियन का केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले कोरोना भाईरस र लकडाउनका कारण संचारक्षेत्र समेत प्रभावित भएको बताए ।

यस्ता विपतको समय पत्रकारको दायित्व र भूमिका अझ शशक्त हुने भन्दै आचार्यले संचारकर्मीले आफुलाई सुरक्षित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे । ‘अहिलेको महामारीको समयमा आर्थिक क्षेत्र संँगै संचार क्षेत्रसमेत थलिएको अवस्था छ,।’ उनले भने । पत्रकारले महमारीको कारण निम्नवर्गको समस्यालाई समेत उजागर गर्दै आवाज विहीनको आवाजलाई सरकार समक्ष पुरयाउनुपर्ने धारण राखे । ‘पत्रकारहरु अहिले एकातिर मिडीया हाउसको मारमा छन , उनले भने,अर्कोतिर सरकारपनि मिडीयाकर्मीको पक्षमा छैन ।’ संचारकर्मीहरुको लागि सरकारले अलग्गै राहत प्याकेज घोषणा गरेर प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो ।

युनियनका चितवन अध्यक्ष अनिल ढकालले पत्रकारहरुले देश, समाजको लागि गरेको योगदानलाई विर्सन नहुने बताए । पत्रकारिताको क्रममा ज्यान गुमाएका पत्रकार को समेत उनले स्मरण गरे । महामारीको बेला पत्रकार थप संयमित बन्नुपर्ने भन्दै ढकालले स्वच्छ समाज निर्माणका लागि पत्रकारले निष्पक्ष , तटस्थ समाचार सम्प्रेषण गर्नुपर्ने बताए । सो अवसरमा संचारकर्मीले आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा युनियनका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार गणशेखर शर्मा, प्रेस युनियन तथा पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली , अग्रज पत्रकार ईश्वर जोशी, पूर्व अध्यक्ष नारायण अधिकारी लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको