गृह मन्त्रालयद्वारा ८ जिल्लाका सिडियो सरुवा

काठमाडौं । कोरोना संक्रमण बढिरहेको बेला गृहमन्त्रालयले ८ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

मन्त्रीस्तरिय निर्णयअनुसार गृहले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई गृहमन्त्रालय सरुवा गरी रामबहादुर कुरुम्वाङलाई बाँके पठाएको छ ।

त्यस्तै गृहका शंकरहरी आचार्यलाई जिप्रका सप्तरी सरुवा गरिएको छ भने पर्वतमा कार्यरत कल्पना घिमिरे नेपाललाई चितवन सरुवा गरिएको छ । गृहमा कार्यरत शम्भु प्रसाद रेग्मीलाई पर्वत सरुवा गरिएको छ ।

दुर्गा  बञ्जाडे जुम्लाबाट पाल्पा सरुवा गरिएको छ। गृहमै कार्यरत भुपेन्द्र थापा जुम्ला सरुवा भएका छन् । भने सुनिल खनाल सप्तरीबाट अध्यागमन विभाग सरुवा भएका छन् । मन्त्रालयले एक वर्ष अवधि पुगेका सिडियोका सरुवा गरेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको