नेपालमा कोरोना संक्रमित ७२ नयाँ थपिए, ६७५ पुग्यो (विवरण सहित)

काठमाडौं, १२ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान ७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि गरेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग तालिम केन्द्र हेटौंडा, भेरी अस्पताल नेपालगञ्ज र प्रदेश अस्पताल सुर्खेतमा परिक्षण भएका पिसीआरको रिपोर्टमा ७२ जना नयाँ संक्रमित पुष्टि भएको हो ।

को– को कहाँ थपिए यो विवरण हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको