हावाहुरीका कारण चितवन र नवलपुरमा गरि ३ जनाको मृत्यु, ४ जना घाइते

चितवन । हावाहुरीका कारण चितवनमा १ जना र नवलपुरमा २ जनाको ज्यान गएको छ । हिजो साझ आएको हावाहुरीले ढालेको रुखले च्यापिएर चितवन एक जनाको मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका–१, आँपटारी स्थित देवघाट जाने बाटोमा हावाहुरीले ढालेको सालको रुखले च्याप्दा ना ३ त ३४२३ नम्बरको ट्याक्टर मुनी ओत लागेर बसेका भरतपुर महानगरपालिका १२ बस्ने २९ बर्षिय राम बहादुर विकको मृत्यु भएको हो । उहाँको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रुखले च्पाप्दा अन्य चार जना घाईते भएका छन् । घाइते हुनेहरुमा भरतपुर १२ कै ३४ बर्षिय सुरेश बि.क, ३६ बर्षिय दीपक कुमाल, ३१ बर्षिय प्रदिप शर्मा र चालक २६ बर्षिय शम्भु खड्का रहेका छन् । उनिहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनिहरु सडक सडक मर्मत गरिहरेको अवस्थामा पानीसंगै हावाहुरी आएपछि ट्याक्टर मुनी ओत लागेर बसेका थिए । त्यसैगरी हावाहुरीका कारण नवलपुरको गैंडाकोटमा कुखुराको खोर भत्किएर २ जनाको मृत्यु भएको छ । कुखुरालाई दाना दिदै गर्दा हावाहुरी र पानी परेको र सोही बेला खोर भत्किएर गैंडाकोट ८ का ३५ बर्षिय काशीराम पौडेल र ४० बर्षका सुर्यबहादुर भण्डारीको घटना स्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय, गैंडाकोटले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको