कतार विश्वकप फुटवल २०२२ निर्धारित मितिमै सम्पन्न हुने

काठमाडाैं । कोरोना भाइरसका कारण विश्वभरका खेलकुद गतिविधिहरु प्रभावित बनिरहँदा कतारले सन् २०२२ को विश्वकप फुटवल कुनै पनि स्थितिमा रद्द नहुने दाबी गरेको छ ।

कतार विश्वकप २०२२ को आयोजक कमिटीले चाँडै कोरोनाको प्रभाव उन्मुलन हुने र विश्वकपको सम्पूर्ण तयारीमा पुनः जुट्ने वातावरण बन्ने आश जिवित रहेको बताएको छ । कमिटीले फिफा विश्वकपमा जुट्ने सबैै समर्थकहरुलाई कतार आउने वातावरण बन्नेमा विश्वस्त रहेको बताएको छ ।

कोरोना महामारी र लामो समयदेखि जारी निषेध र लकडाउनका कारण विश्वका थुप्रै राष्ट्रहरु नराम्रोसँग नोक्सानी व्यहोर्न बाध्य हुने प्रक्षेपण बाहिर आईरहेको छ । जापानको टोकियो ओलम्पिक सहित थुप्रै ठूला खेलकुद प्रतियोगिताहरु स्थगित गरिएको छ । जुन महिनाका लागि तय भएको युरोपको प्रतिष्ठित र ठूलो फुटबल युरोपियन च्याम्पियनसिप समेत अर्काे वर्षसम्मका लागि स्थगित भइसकेको छ ।

आयोजकले विश्वकपका लागि तयार गरिएको ८ मध्ये ६ वटा स्टेडियमको निर्माण कार्य यस वर्षको अन्त्यमा सक्किने बताएको छ । कतार विश्वकप सन् २०२२ को नोभेम्बर डिसेम्बर महिनामा हुने भएकाले तयारीका लागि पर्याप्त समय रहेको र त्यस समयसम्म सबैतिरको भ्रमण रोक खुला हुने आश रहेको कमिटीले विश्वास रहेकाे बताएकाे छ ।

कतारमा जुन जुलाईमा व्यापक गर्मी हुने भएकाले नोभेम्बर डिसेम्बरमा विश्वकप आयोजना गर्ने तय भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको