सोमबार,
भाद्र२९,
२०८३
|
Monday, September 14, 2026
सत्यसाई केन्द्रद्वारा इच्छाकामना-१, सप्रेनी भञ्ज्याङका चेपाङलाई खाद्यान्न सहयोग
९ जेष्ठ २०७७, शुक्रबार २०:५६
चितवन । सत्यसाई केन्द्र नारायणगढ द्वारा चितवनको पहाडी बिपन्न बस्ती इच्छाकामना-१, सप्रेनी भञ्ज्याङका २५ घर चेपाङलाई खाद्यान्न सहयोग गरिएको छ । उनीहरुलाई १ बोरा चामल, दाल, नुन, तेल सहयोग गरिएको थियो । सो अबसरमा सत्यसाई क्षेत्रिय समिति प्रदेश ३ख का उपाध्यक्ष पुरुषाेत्तम अर्यालले सहयोगको समन्वय गर्नु भएको थियो । सो अबसरमा सत्यसाई क्षेत्रिय समिति प्रदेश ३ख का उपाध्यक्ष पुरुषाेत्तम अर्याल, सत्यसाई केन्द्र नारायणगढका लेखा संयोजक राम आशिष ठाकुर, सदस्यहरु दिवाकर पोख्रेल, उज्ज्वल पोख्रेल, भिम सुवाल, सत्यसाइ केन्द्र भरतपुरका सदस्य मनिष सापकोटाको उपस्थिति रहेको थियो ।