चितवन र नवलपुरका ३ सहित ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो
९ जेष्ठ २०७७, शुक्रबार ०९:१८
काठमाडौं । नेपालमा एकैदिन थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको हो ।