
रत्ननगर,८ जेठ । चितवनका पूर्व क्षेत्रिय शिक्षा उपनिर्देशक रामचन्द्र अधिकारीको हिजो बुधवार दिउसो काठमाडौैको आफ्नै निवासमा निधन भएको छ । चितवन रत्नगरनगरपालिका १४ डुम्रीचोक पीठूवा का स्थाई वासिन्दा उहाँको ७८ वर्षको उमेरमा निधन भएको हो । लामो समय देखि दमका विरामी उहाँ पछिल्लो समयमा काठमाडौ वस्दै आउनु भएको थियो ।
उहाँ नेपाल माबि रत्ननगरका पूर्व प्रधानाध्यापक समेत हुनुहन्थ्यो । भने ,मनाङ र लमजुङ जिल्ला शिक्षा अधिकारीको भएर नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान दिनुभएको थियो । उहाँले २०१६ सालदेखि शिक्षण सेवामा प्रवेश गर्नुभएको हो । चितवन जिल्लाको दोस्रो माध्यमिक विद्यालय नेपाल मावी बनाउनका लागि उहाँको अतुलनिय भूमिका रहेको थियो । साथै नेपालको प्रजातन्त्रिका आन्दोलनमा पनि उहाँको उल्लेखनिय भुमिका रहेको छ । उहाँ २०२८ सालमा तत्कालिन सरकारले लागू गरेको नयाँ शिक्षा ऐनको विरोध गर्ने क्रमममा ९ महिना जेलमा पनि बस्नु भएको थियो । उहाँ माविनी हुने क्रममा नै २०४६ सालमा तत्कालिन पञ्चायत सरकारले उहाँलाई जागिरबाट नै निष्कासित गरेको थियो । प्रजातन्त्र आएपछि उहाँ पुर्नवबहाली हुनुभयो र जिल्ला शिक्षा अधिकारीको नेतृत्व सम्माल्नु भएको थियो । त्यसपछि उहाँ पूर्वाअन्चल क्षेत्रिय शिक्षा निर्देशकालयमा क्षेत्रिय उपनिर्देशक हुनुभयो ।
पोखरामा पश्चिमाञ्चल क्षेत्रिय निर्देशानालयम उपनिर्देशक रुपमा कार्यरत अवस्थामा नै उहाँ सेवाबाट निवृत्त हुनुभएको हो । उहाँको पार्थिव शरिरमा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ ,पुर्व जिल्ला सभापति टिकाराम न्यौपाने , पूर्व सांसद एकनाथ भाँटले र नेपाली कांग्रेस रत्नगरका सभापति रुपनराज घिमिरेले सयुक्त रुपमा कांग्रेसको झन्डा ओढाउनु भएको थियो ।उहाँको २ श्रीमती ,२ छोरा र छोरी रहनु भएको छ ।
उहाँको छोरी ज्योत्सना ढकाल भरतपुर महानगरपालिका १८ को वडा सदस्य हुनुहुन्छ भने जेठि वुहराी रीता अधिकारी नेपाल महिला संघ चितवनको जिल्ला कोषाध्यक्ष हुनुहुन्छ । उहाँका दुवै छोराहरु हरिषचन्द्र र विप्लबचन्द्र अधिकारी नेपाल विद्यार्थी संघ चितवनका पूर्व विद्यार्थी नेता पनि हुनुहुन्छ । उहाँको विद्यार्थी समेत रहनुभएको पूर्व सांसद भाटले स्वं अधिकारीको नेपालको शिक्षा क्षेत्रको साथसाथै प्रजातान्त्रिक आन्दोलनमा ठुलो योगदान रहेको बताउनु भएको छ । उहाँको आज नै देवघाटमा अन्तेष्टि गरिएको छ ।