

चितवन । चितवनको भरतपुर स्थित कोरोना प्रयोगशालामा आज ३ पत्रकार सहित १सय ३१ जनाको कोरोना परिक्षण हुदै छ । जिल्लाको माडी नगरपालिका , बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गुन्जमान अस्पताल रत्ननगर, भरतपुर कोरोना अस्पतालबाट आज दिउँसो स्वाब संकलन गरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनु भयो । त्यस्तैगरि नवलपुरको मध्यबिन्दु नगरपालिकाबाट पनि स्वाब संकलन गरिएको थियो । नवलपुर र चितवनको विभिन्न क्वारेन्टाइनमा रहेका र शंकास्पद ब्याक्तिहरु र ३ जना पत्रकारको आज स्वाब संकलन गरिएको हो । सो स्वाबको रिपोर्ट आज राति अबेरसम्म आउने पनि सुचना अधिकारी पौडेलले जानकारी दिनु भयो । हाल सम्म भरतपुर स्थित कोरोना प्रयोगशालामा चितवन र नवलपुरका ९ सय ९८ जनाको आरडिटी गरि सकिएको छ भने १ हजार ४ सय जनाको पिसिआर परीक्षण गरिएको छ ।
यस अघि पिसिआर परीक्षणका क्रममा राप्ती नगरपालिकाका दुई र नवलपुरका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पुष्टि भएकामध्ये राप्ती नगरपालिका वडा नं ८ का आमा छोरा सङ्क्रमण निको भएर घर फर्किसक्नु भएको छ भने नवलपुरका एक जनाको भरतपुर कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer