गोविन्द घिमिरे २२ बैशाख, गैँडाकोट । कोरोनाभाइरस (कोभिड–१९) को महामारीको जोखिम न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण जनजीवन प्रभावित बनेको छ । लामो लकडाउनकै कारण गरिव, विपन्न तथा अशक्त परिवारलाई समस्या परिरहेको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गैँडाकोट नगरकमिटिले राहत वितरण गरेको छ । नेकपाका गैँडाकोट नगर कमिटिका अध्यक्ष षडानन्द लामिछानेको सक्रियतामा गैँडाकोट नगरपालिका वडा नम्बर १८ दमार र आहालेका सय परिवारलाई आईतवार राहत वितरण गरिएको हो । लकडाउनका कारण समस्यामा परेकाहरुलाई नगरपालिकासँग समन्वय गरेर राहत वितरण गरिएको लामिछानले बताउनुभयो ।राहत वितरणबाट समस्या परेकालाई थोरै भएपनि सहयोग पुगेको भन्दै उहाँँले यसबाट सरकार र नगरपालिकाकै अभियानमा पनि सहयोग पुगेको बताउनु भयो । सो राहत नेकपाकै सहयोगी मन तथा शुभेच्छुकहरुबाट संकलन गरेर वितरण गर्न सम्भव भएको बताँउदै पार्टि नगरकमिटिका सचिव श्यामसुन्दर लामिछानले राहात वितरण कार्यमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद प्रकट गर्नुभएको छ । उहाँले नेकपा जनताको सुखदुखमा सधै सँगै रहने अठोटका साथ विभिन्न सहयोग र सचेतनाका मलुक कार्यक्रमहरु आगामी दिने गरिने बताउनु भयो । पछिल्लो समय वितरण गरिएको राहतमा चामल, तेल र मस्यौरा लगायतका खाद्य सामाग्री रहेका थिए । राहत वितरण कार्यक्रममा नेकपा नगरकमिटिका सदस्य सूर्य पराजुली, वीर बहादुर सुनारी, कार्यालय सदस्य जगन्नाथ पौडेल, नेकपाका नेता दिनेश न्यौपाने, अर्जुन थापा, चुमानसिहं चितौरे, बम बहादुर मगर लगायतको सहभागिता रहेको थियो । यस्तै राहत वितरण सामाजिक दुरी कायम गर्दै सुरक्षित ढंगले गरिएको थियो ।