चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले अनलाइनखबर डटकम चितवनका संवाददाता सुवास पण्डितलाई धम्की दिनेलाई कानुनी कारवाही गर्न माग गरेको छ । महासंघका अध्यक्ष राधेश्याम खतिवडाले आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै भरतपुर कोरोना अस्पतालको विषयमा प्रकाशित समाचारलाई लिएर पत्रकार पण्डिलाई कर्मचारी संगठनले नै कारवाही गर्ने धम्की दिएको प्रति खेद प्रकट गर्दै उनीहरुलाई कारवाही गर्न महासंघले माग गरेको हो । महासंघले धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन, घटनामा संलग्नमाथि कारवाही गर्न, पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी पत्रकारको सुरक्षामा संवेदनशील बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तीमा भनिएको छ–‘अस्पतालका विषयमा प्रकाशित/प्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ती नै निकालेर ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने’ चेतावनीसहित धम्की दिनु निन्दनीय र खेदजनक छ । प्रकाशित समाचार प्रति कुनै गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक छ ।’
केही दिन अघि सिसिटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित गरिएको थियो ।
प्रेस संगठन नेपालको गम्भिर ध्यानाकर्षण
प्रेस संगठन नेपाल चितवनले अनलाइनखबर डटकम चितवनका संवाददाता सुवास पण्डितलाई धम्की दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका संयोजक प्रकाशमणि ज्ञवाली र सहसंयोजक तीर्थ नेपालद्धारा बुधबार जारी विज्ञप्तीमा समाचार लेखेकै कारण चेतावनीसहितको धम्की दिनु निन्दनीय र खेदजनक रहेको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ–‘अस्पतालका विषयमा प्रकाशित÷प्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ती नै निकालेर ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने’ चेतावनीसहित धम्की दिनु निन्दनीय र खेदजनक छ । प्रकाशित समाचार प्रति कुनै गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक छ ।’
केही दिन अघि सिसिटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित गरिएको थियो ।
विज्ञप्तीमा भनिएको छ–‘अस्पतालका विषयमा प्रकाशित÷प्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ती नै निकालेर ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने’ चेतावनीसहित धम्की दिनु निन्दनीय र खेदजनक छ । प्रकाशित समाचार प्रति कुनै गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक छ ।’
केही दिन अघि सिसिटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित गरिएको थियो ।
प्रेस युनियन चितवनद्धारा पत्रकारलाई दिएको धम्कीको घोर भत्र्सना
नेपाल प्रेस युनियन चितवनले अनलाइनखबर डटकम चितवनका संवाददाता सुवास पण्डित लगायत पत्रकारलाई समाचार लेखेको विषयलाई लिएर धम्की दिएको प्रति घोर भत्र्सना गरेको छ ।
युनियनका अध्यक्ष अनिल ढकालद्धारा आज (बुधबार) जारी विज्ञप्तीमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत कर्मचारीबाटै भएका शंकास्पद गतविधिका सन्दर्भमा आएका समाचारलाई लिएर धम्की र गालीगलौजप्रति युनियनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । समाचार लेखेकै कारण चेतावनीसहितको धम्की दिएका भन्दै युनियनले घोर भत्र्सना गरेको हो ।
त्यस्तै युनियनले सत्तारुढ जिम्मेवार दलबाट नै समाचार लेख्नबाट रोक्ने गरी आएका वक्तव्यले लोकतान्त्रिक व्यवस्थाको नै खिल्ली उडाएको महसुस गरिएको जनाएको छ । युनियनले पत्रकारहरुमाथि धम्की दिनेहरुलाई कानुनी कारवाही गरी पत्रकारहरुको सुरक्षा ग्यारेण्टी गर्न प्रशासनसंग माग गरेको छ ।
केही दिन अघि सिसिटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित गरिएको थियो ।