हेटौडा । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले यस प्रदेशमा कार्यरत पत्रकारलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार हेटौडामा नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र सञ्चार रजिष्टार रेवति सापकोटाको पनि उपस्थिति रहेको थियो । महासंघले सोमबारै मकवानपुरको लागि शाखा अध्यक्ष हरि हुमागाईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकका पनि उक्त सामग्री पु¥याइनेछ ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer