
चितवन । सरकारद्धारा जारी लकडाउनका समयमा रिपोटिङमा निस्किएका चितवनका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुरस्थित चौबिसकोठीबाट प्रहरीले कायकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई सोमबार बिहान १० बजे नियन्त्रणमा लिएको हो ।
पत्रकारले परिचपत्र देखाउँदासमेत लकडाउनमा कसैलाई नचिन्ने भन्दै नियन्त्रणमा लिएर पत्रकार महासंघको रोहबरमा डेढ घण्टापछि रिहा गरिएको छ । उनिहरुलाई प्रहरीले स्थलगत रुपमा दुव्र्यवहार गरी संचारसाधन र सवारी साधन समेत नियन्त्रणमा लिएको थियो । कार्यक्षत्रमा खटिएको जानकारी गराउँदा गराउँदै पनि त्यहाँ खटिएका प्रहरीले अपशब्द बोल्दै दुव्र्यवहार गरी गिरफ्तार गरेर पत्रकारले खिचेको फोटो र भिडियो समेत डिलिट गर्न लगाइएको छ ।
पत्रकार महासंघ केन्द्रिय महा सचिब रमेश बिष्ट, महा संघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवाली र प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन्, “पत्रकारलाई दुव्र्यवहार गरी सवारीसाधनसमेत नियन्त्रणमा लिई गरिएको गिरफ्तारीको घोर भत्र्सना गर्दछौं । पत्रकारको परिचय पत्र लगाएर कार्यक्षेत्रमा खटिएका रिजाल र अधिकारीलाई नियन्त्रणमा लिई भरतपुरको कर्भडहलमा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।“
संकटको बेला राज्य संयन्त्रले आमनागरिकलाई अप्ठ्यारो परिस्थितिमा सहयोग गर्नुपर्नेमा उल्टै कार्यक्षेत्रमा खटिएका पत्रकाहरुमाथि दुर्व्यवहार गरी गिरफ्तार गर्ने कार्यमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै पत्रकारको सवारीसाधन र सञ्चारसाधन जबरजस्ती नियन्त्रणमा लिने क्रममा भएको क्षतिको पूर्तिको माग गरिएको छ ।
कोरोना भाइरसको महामारीको समयमा अग्रपंक्तिमा रहेर आम नागरिकलाई सुसूचित गराउने काममा खटिएका पत्रकारको सुरक्षाको सवालमा संवेदनशील रहन र स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग समेत गरिएको छ ।