शनिबार,
फाल्गुण०३,
२०८१
|
Saturday, February 15, 2025
कालिकाको प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्त द्वारा मेडिकल घेराउ
१५ बैशाख २०७७, सोमबार १३:०१
चितवन । पुर्बी चितवनको कालिका-२ स्थित प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्त हरुले मेडिकल घेराउ गरेका छन । आज बिहान पेट दुखेर मेडिकल पुगेकी २५ बर्षिय निरमाया थिङको सोही मेडिकलमा मृत्यु भएको निरमायाका श्रीमान भिम मोक्तानले बताए । मेडिकलमा उपचारमा लापरवाही भएको र उनको थप उपचारको लागि मेडिकलले भरतपुर पठाए पनि पुरानो मेडिकलमा पुग्दा श्रीमतीको मृत्यु भइसकेको मोक्तानले बताए । पर्सा जिल्लाको ठोरी -५ सुबर्णपुर घर भएका उनिहरु हाल कालिका- १ लंकालाइनमा भाडामा बस्दै आएका थिए ।
मेडिकल संचालक प्रकाश रिजालले बिरामीको पेट दुखेकोले दुखाइ कम गराउने डिक्लोफेनिक र ग्यास्टिककाे सुक्राफिल औसधी दिइ भरतपुर पठाइएको बताए । मेडिकल संचालक रिजाललाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय टाँँडी लगेको प्रहरीले जनाएको छ । अहिले मृतकको शब सरकारी अस्पतालमा पोस्टमाटमको लागि राखिएकाे प्रहरीले जनाएको छ ।