
चितवन । लायन्स क्लब अफ चितवन कालिका को लायन बर्ष २०२०/२१ का लागि अध्यक्षमा शितलकाजी श्रेष्ठ चयन भएका छन ।
क्लबको आज सम्पन्न चौथो अधिबेशनबाट अध्यक्षमा शितल काजी श्रेष्ठ, प्रथम उपाध्यक्ष दिपक लामिछाने, द्वितिय उपाध्यक्ष चेत प्रसाद अधिकारी, तृतीय उपाध्यक्ष बुद्धि प्रसाद अधिकारी, सचिब हरि कुमार श्रेष्ठ र कोषाध्यक्षमा महादेव प्रसाद हुमागाई चयन भएका छन ।
सह-कोषाध्यक्षमा निर्वाचन – अमृत लामिछाने बिजयी
सह-कोषाध्यक्षमा अमृत लामिछाने बिजयी भएका छन । क्लबको सह-कोषाध्यक्षमा भने निर्वाचन भएको थियो । निर्वाचनमा लामिछानेले २३ मत पाई बिजयी भए भने अर्का उम्मेदवार टिकाराम रेग्मीले ११ मत प्रााप्त गरेका थिए । १ मत बदर भएको थियो ।
क्लबको टेल ट्विस्टर ईश्वर कुमार श्रेष्ठ, टेमर कृष्ण मगर, पि आर ओ पुरुषाेत्तम कडेंल चयन भएका छन । डाईरेक्टरहरुमा धर्म प्रसाद ढकाल, लालु प्रसाद दाहाल, रमेश दुवाडी, सन्तोष श्रेष्ठ, बिरेन्द्र वाग्ले र ईश्वर भट्टराई निर्बाचित भएका हुन । क्लब को एम जी सी देबेन्द्र भट्टराई, एल सि आई एफ को अर्डिनेटर हरि भण्डारी, लायन्स मार्केटिङ कोअर्डिनेटर भागबत लामिछाने, जी एल टी कोअर्डिनेटर दिपक थापा, जी एम टी कोअर्डिनेटर उत्तम सिंखडा चयन भएका छन ।
नब गठित कार्य समितिको आगामी जुलाई १ बाट कार्य प्रारम्भ हुनेछ । क्लबका बर्ष २०१९/२० का अध्यक्ष शुदर्शन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अफ चितवन कालिकाका सस्थापक अध्यक्ष एवं लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि २ नेपालका लायन बर्ष २०१९/२० का जोन चियर पर्सन बिनोद रेग्मी, बिशेष अतीथि लायन्स क्लब अफ चितवन कालिकाका निबर्तमान अध्यक्ष एवं लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि २ नेपालका लायन बर्ष २०१९/२० का मिडिया एण्ड पब्लिकेशन म्यानेजमेन्ट कमिटीका डिष्टिक को-अर्डिनेटर शिशिर सिंखडाले मन्तव्य राखेका थिए ।