चितवन, १३ बैशाख । चितवनका कोरोना संक्रमति युवा निको भएर डिस्चार्ज भएका छन् । भरतपुर अस्पतालमा उपचारत २७ बर्षीय युवा १० दिनपछि डिस्चार्ज भएका हुन् ।
तर, अस्पतालबाट डिस्चार्ज भएपनि अस्पतालको आइसोलेसनमै बस्ने अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमित आमाको उपचार भरतपुर अस्पतालमा नै भैरहेकाले उनले केही दिन अस्पतालमा नै बस्ने इच्छा गरेको अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
कोरोना संक्रमित आमा छोरो राप्ती नगरपालिका वडा नं. ८ का स्थानीय हुन् । लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले आज डिस्चार्ज गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीले जानकारी दिनुभयो ।
उनका आमाको भने कोरोना पोजिटिभ देखिएका कारण डिस्चार्ज हुनुभएको छैन । भरतपुर अस्पतालको क्याविनमा राखेर उपचार गराइरहेका युवककी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ ।
चैत ३ गते बेलायतबाट नेपाल आएका आमा छोरा दुवैको बैशाख ५ गते कोरोना पुष्टि भएको थियो । आमालाई आरडीटी परीक्षण गर्दा कोरोना देखिएपछि आमा छोरा दुवैको पीसीआर गरिएको थियो ।
दुईपटकसम्म पीसीआर गर्दा पनि कोरोना देखिएपछि पुष्टि गर्नका लागि काठमाण्डौँको प्रयोगशालामा उहाँहरु दुईको स्वाब पठाइएको थियो । दुवैजनालाई कोरोनाको कुनै लक्षण भने देखिएको थिएन ।
अव चितवनमा एक जनामात्र कारोना संक्रमित व्यक्ति हुनुहुन्छ । उहाँको पनि भोलि स्वाब निकालेर कोरोना परीक्षण गरिने बताइएको छ । त्यसपछि नेगेटिभ आएमा डिस्चार्ज गरिने अस्पतालले जानकारी दिएको छ ।