कालिका दैनिकको समाचार प्रभाव: कालिका क्षेत्रका बाटोको अवरोध हटाईयो
चितवन । पुर्बी चितवनको शक्तिखोर र सिद्धी क्षेत्रमा बाटो अवरोध गरि राखिएकाे ढाट, ढुङ्गा, मुढाहरु हटाईएको छ । जुटपानी- शक्तिखोर- सिद्धि सम्ममा लकडाउनको समयमा भन्दै दर्जनौं ठाउँमा बाटो अबरोध गरिएको थियो । “कालिका नगरपालिकाको दर्जनौं ठाउँमा बाटो अवरोध, एम्बुलेन्सलाई समेत सास्ती ( हेर्नुहोस तस्बिरमा) ” भन्ने समाचार हिजो कालिका दैनिक अनलाइनमा प्राथमिकताका साथ छापिएकाे थियो । सबै बाटोको अवरोधहरु प्रहरीको सहयोगमा हटाईएको इलाका प्रहरी कार्यालय टाडीँका प्रहरी निरीक्षक शेखर कुमार शाहले कालिका दैनिकलाई जानकारी दिए ।https://www.kalikadainik.com/2020/04/20/12733/
कालिका नगरपालिकाको दर्जनौं ठाउँमा बाटो अवरोध, एम्बुलेन्सलाई समेत सास्ती ( हेर्नुहोस तस्बिरमा)

 

https://www.kalikadainik.com/2020/04/20/12733/
कालिका नगरपालिकाको दर्जनौं ठाउँमा बाटो अवरोध, एम्बुलेन्सलाई समेत सास्ती ( हेर्नुहोस तस्बिरमा)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको