चितवन । भ्रष्टाचार बिरोधी आन्दोलन चलाएर देशब्यापी रुपमा अभियान चाल्दै आएको हाम्रो नेपाल हामी नेपाली नामक अभियानले अहिले आफ्ना कार्यहरुलाइ पुर्ण रुपमा ठप्प पारी कोरोना बिरुद्धको अभियानमा होमिएको छ। सोही अबसरमा हाम्रो नेपाल हामी नेपाली अभियान चितवनले पनि निक्कै ठूलो मात्रमा सहयोगको कार्यलाई अगाडि बढाइरहेको छ ।कोरोना भाइरस संक्रमणको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यलय चितवन सङ्गको सहकार्यमा ६हजार थान मास्क ,डिटोल र सेनिटाइजर बाडेको अभियान पछिल्लो पटक भने पुर्ण रुपमा राहत बितरण मा केन्द्रित रहेको अभियानका केन्द्रीय सदस्य शंकर तिवारीले बताए । कोरोना भाइरस सङ्ग बच्नको लागि अशिक्षित बस्तिहरुमा र बृद्धाआश्रममै गएर एक हप्ता चेतनामूलक कार्यक्रम पनि चलाएको स्वास्थ्यकर्मी समेत रहेकी अभियान कि केन्द्रिय सदस्य सिमा घतान बिश्वकर्माले बताइन। लकडाउनको शुरु गरिब चुल्होमा आगो बाल्नका लागि सुरुकै दिनदेखि अहोरात्र रुपमा खटिरहेको र गरिब चुल्होमा राहात लिएर जादा कतिपय स्थानमा जनप्रतिनिधिले ठाडो रुपमा हस्ताक्षप गरि प्रहरी लगाएर पक्राउ गर्ने धम्की समेत दिदा पनि आफुहरु अहोरात्र रुपमा खटिरहेको तिवारीले बताए । लकडाउन शुरु भएको भोलिपल्टै १६ बोरा चामल लिएर गरिबको चुल्होमा पुगेको अभियानले विभिन्न पटक चामल ,नुन, तेल ,दाल,मिनिरल वाटर र बटुवा हरुलाई खाजा, पानी, जुस सहित हालसम्म करिब एक लाख रुपैया हाराहारीको राहात बितरण गरेको तिवारीले बताए । चितवन बाहिर घर भइ अध्यन को सिलसिलामा चितवन भित्र रहेका र लक डाउनको कारण घर जान नपाएका ९६ जना विद्यार्थी हरुलाई स्थानीय तहले राहात नदिएकाले आफू सबै बिध्यार्थी माझ २ महिना लाई पुग्ने गरि राहात लिएर तुरुन्त पुग्ने तिवारीले बताए ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer