स्वास्थ्य सामाग्री वितरण गर्दै पूर्वी चितवनका सुनचाँदी व्यवसायीहरू

खैरहनी(पर्सा), ८ वैशाख । संकटको बेला आत्तिनु हुन्न, प्रकोपको बेला मात्तिनु हुन्न भने झैँ कोभिड-१९ नोबेल कोरोना भाइरसको कारण विश्वभरी अहिले सन्त्रास छाइरहेको छ । यो संकटको बेला हो र त्यसैले यस्तो बेला नआत्तिनु हामी छौं भन्दै पूर्वी चितवनका सुनचाँदी व्यवसायीहरूले सामाजिक सेवा गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा स्वीकृत प्राप्त चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवन(जिल्ला संघ)ले आज सोमबार पूर्वी चितवनमा रहेको खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य केन्द्रहरू र ईलाका प्रहरी कार्यालयहरूमा स्वास्थ्य सामाग्रीहरू सम्बन्धित नगरपालिकाको प्रमुख मार्फत वितरण गरेको छ । संघले १२ पिस पि.पि.ई, ४०० पिस मास्क, ५०० पिस पन्जा लागत रूपियाँ ५० हजार बराबरको सहयोग हस्तान्तरण गरिएको संघका अध्यक्ष प्रेम खातीले बताएका छन् । त्यस्तै संघले आगामी दिनमा यदि कसैलाई यस्तै किसिमको सहयोगहरूको आवश्यक रहेमा आफ्नो संघ हरवखत तयार रहने अध्यक्ष खातीले जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको