खैरहनीको चारगाउँ खानेपानी उपभोक्ता संस्थाद्वारा उपभोक्ताहरुलाई छुट

खैरहनी । कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला विश्वलाई नै त्रसित बनाएको छ । जसका कारण विश्वकै अर्थतन्त्रले ठूलो क्षति व्यहोर्नु परेको अवस्था छ । नोभेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारी गर्नका लागि विभिन्न क्षेत्रबाट विभिन्न खाले सहयोगहरु समेत भईरहेका छन् । त्यसै अनुरुप खैरहनी नगरपालिका ९ डाँडागाउँ स्थित रहेको चारगाउँ खानेपानी उपभोक्ता संस्थाले आफ्ना उपभोक्ताहरुको ध्यानलाई मध्यनजर गर्दै कोरोना भाईरसको संक्रमणवाट आफू पनि बच्न र अरुलाई पनि बचाउनका निम्ति पटक–पटक साबुन पानीले हात धुने वातावरण सिर्जना गर्ने खालका सूचना प्रवाह गर्दै आएको छ । साथै उपभोक्त समूहको निर्णय अनुसार प्रकोपका वेला उपभोक्ताहरुमा केही राहत मिलोस् भन्ने हेतुका साथ २०७६ चैत्र महिनामा लाग्ने न्युनतम शुल्क रु११० को ५० प्रतिशत तथा चैत्र महनिाको शुल्कको विलम्ब दस्तुर समेत नलिने घोषणा समेत गरेको छ । खैरहनी नगरपालिका वडा नं. ३, ८, ९ र राप्ती नगरपालिका वडा नं. ८ र ९ का करीब ८ सय ५० जना उपभोक्ताले उक्त सेवा लिन सक्ने चारगाउँ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष नारायण भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको