कालिकाको सुरक्षित सहकारीद्वारा शेयर सदस्य एकादत्त सिंखडाको परिवारजनलाई राहत रकम प्रदान
१७ चैत्र २०७६, सोमबार १०:४०
चितवन । पुर्बी चितवनको कालिका- ६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी सस्था लि. ले आफ्नो शेयर सदस्यको मृत्यु पश्चात परिवारजनलाई आर्थिक सहयोग गरेको छ । सस्थाका शेयर सदस्य एकादत्त सिंखडाकाे गत चैत्र ११ गते निधन भएको थियो । सस्थाले आफ्नो शेयर सदस्यको निधन भएमा परिवारजनलाई २० हजार रुपैया आर्थिक सहयोग गर्ने गर्दछ । सस्थाका अध्यक्ष शितलकाजी श्रेष्ठले शेयर सदस्यको छाेेरी गिता सिंखडा (पोख्रेल) लाई आज सातौंं दिनको पुन्यतिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सो रकम हस्तान्तरण गरेका थिए । मृतक शेयर सदस्य सिंखडाकाे १ छाेरा हरि सिंखडा र १ छाेरी गिता सिंखडा (पोख्रेल) रहेका छन ।