भरतपुर होटल व्यवसायी संघ चितवनले विश्वव्यापी रुपमा फैलिदै गरेको कोरोना भाइरसले नेपाली उद्योगी व्यवसायीलाई समस्यामा पारेको वताएको छ । उक्त भाइरसका कारण विश्वभर त्रास उत्पन्न भएको वताउँदै संघले नेपालको मात्रै नभएर विश्वकै अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको जनाएको छ । नेपाली अर्थतन्त्र प्रभावित भएसंगै संघले उद्योगी व्यबसायीले बैंकबाट लिएको पैसाको व्याज पुनः तालिका वनाएर कार्यान्वयन गर्न सम्वन्धित निकायसंग माग गरेको छ ।
संघकी अध्यक्ष शर्मिला न्यौपानेलेद्धारा जारी अपिलमा कोरोना भाईरस (कोभिड–१९)को कारण उद्योग व्यबसायमा गम्भिर असर पर्न थालेको औंल्याउँदै यस्तो माग गरिएको हो । संघले कोरोनाका कारण सबैभन्दा बढी प्रभाव पर्यटन व्यबसायमा परेको जनाएको छ । कोरोना भाइरसको डरले पर्यटक आगमनमा कमि आएको वताउँदै होटल व्यवसायी संघ चितवनले होटल व्यवसायीले बैंकको व्याज र किस्ता बुझाउन नसक्ने अवस्था आएको भन्दै व्याज छुट र किस्ताको भाका बढाउन माग गरेको हो ।
बैंक तथा वित्तीय सस्थावाट लिएको ऋणको व्याज समयमा तिर्नुपर्ने वाध्यकारी अवस्थाका कारण व्यवसायी हतोत्साही भएको वताउँदै अपिल पत्रमा कोरोना भाइरस प्रभावित समयसम्मका लागि व्यवसायिक संक्रमणकाल घोषणा गर्दैै उक्त समयावधिको व्याज पुनः तालिका वनाई कार्यान्वयन एवं घरभाडा समायोजन गर्न माग गरिएको हो ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer