शिशिर सिंखडा, चितवन । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन आज देखी धनधान्याचल महोत्सव सुरु भएको छ । माघ २६ गतेसम्म चल्ने धनधान्याचल महोत्सवको मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य सहित २२ बिधाका २२ जना ख्याती प्राप्त खेलाडीहरुले एक साथ उद्घाटन गरे ।
उद्घाटनसत्र अघि झाँकीसहितको वृहत शोभायात्रा निकालिएको मुलआयोजक समिति संयोजक सांसद बिजय सुबेदीले जानकारी दिए । । बिहान १२ बजे मंगलपुर बजारबाट शुरु भएको शोभायात्रा गाबिसचोक हुँदै रंगशाला स्थित धनधान्याचलमहोत्सव परिसरमा पुगेको थियो । आफ्नो संघ संस्थाको ब्यानरसहित शोभायात्रामा हजारौं नागरिक उपस्थित भएका थिए ।
जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको रंगशालालाई थपआर्थिक सहयोग जुटाउन र क्रिकेट रंगशाला निर्माणमा सबैलाई अपनत्व हुने गरी माहोल बनाउन महोत्सव आयोजना गरिएको हो । पण्डित दीनबन्धु पोखरेलबाट वाचनहुने श्रीमद्भागवत माहापुराणमा भजन किर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम समेत हुनेछ ।
महोत्सवबाट ५० करोड रुपैया संकलन हुने अनुमान गरिएको छ भने ७६ लाख ७६ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहको छ ।
महोत्सवलाई सफल पार्न १ हजार १ सय ११ सदस्यीय मुल समारोह समिति, सो समिति मातहत ५९ वटा विभिन्न उपसिमित र २ सय ८३ सदस्यीय सचिवालय गठन गरिएको छ ।