चलचित्र ‘चपली हाइट ३’को पहिलो गीतमा स्वस्तिमा र सुपुष्पा भईन् हट

काठमाडौ । नायिका  स्वस्तिमा खड्का र सुपुष्पा भट्टद्वारा अभिनित चलचित्र  ‘चपली हाइट ३’  ‘चार आनाको मसला’ बोल रहेको पहिलो गीत सार्वजनिक गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।

खम्बु र अस्मिता अधिकारीको आवाजले भरिएको यस गीतलाई प्रदीप लामाले कोरियोग्राफी गरेका हुन् । गीतमा डिपी खनालको शब्द तथा सुभाष भुषालको संगीत रहेको छ ।

सार्वजनिक गीतमा चलचित्रको मुख्य पात्र स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतम फिचरिङ  गरिएको छ ।  सार्वजनिक गीतमा डान्सिङ मुडमा देखिएकी  स्वस्तिमा र सुपुष्पा निकै हट रुपमा देखिएकी छिन् ।

यस  चलचित्रका अघिल्लो दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए ।  ‘चपली हाइट ३’  अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो ।

चलचित्रको प्रदर्शन मिति भने चैत्र २८ गते तय भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको