
चितवन । राष्ट्रिय जनता पार्टी नेपालको चितवन जिल्ला अध्यक्षमा पुनः प्रेमकुमार श्रेष्ठ चयन भएका छन । आज भरतपुरमा सम्पन्न प्रथम अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा एलिमा मिया, सचिब २ जना प्रदिप बस्नेत (सुर्य) र डालप्रसाद वस्ती, कोषाध्यक्षमा सत्य नारायण चौतारीया चयन भएका छन । त्यस्तै मुना नेपालीको अध्यक्षतामा दलित जिल्ला कार्यसमिति, पुजा बिश्वकर्माको अध्यक्षतामा महिला कार्यसमिति, सुर्यबहादुर लो को अध्यक्षतामा युवा समिति गठन भएको छ ।
अधिवेशनका प्रमुख अतिथि राष्ट्रिय जनता पार्टीका केन्द्रीय सह- महासचिव काजीमान लोप्चनले पार्टी बलियो बनाउन सबै लाग्नु पर्ने बताए । साथै उनले भारतले गरेको हाम्रो जमिन अतिक्रमण तत्काल फिर्ता गर्नुपर्ने समेत बताए । सो कार्यक्रममा नेकपाका प्रतिनिधि रामचन्द्र अधिकारी राष्ट्रिय जनता पार्टीका क्षेत्रीय अध्यक्ष हिरालाल थिङ, महिला संघ जिल्ला अध्यक्ष पुजा बिक लगायतले मन्तव्य राखेका थिए । अधिवेशन जिल्ला अध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।