चितवन । नारायणी नदीमा चल्ने भनिएको पानीजहाजका निर्माताले दशैंअघि नै सेवा शुरू गर्ने दाबी गरेका छन्। नेपालमा पहिलोपटक निर्माण र सञ्चालन हुन लागेको रिभर क्रुज सिप (पानीजहाज) चलाउन नारायणी नदी उपयुक्त रहेअनुसार विगत लामो समयअघिदेखि यसको तयारी थालिएको थियो।
नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सिंगापुर र भारतका प्राविधिकले एक वर्षसम्म जलप्रवाह मापन तथा अन्य चुनौती अध्ययन र पर्यावरणीय प्रभाव मूल्यांकन गरेका थिए।
पानीजहाज निर्माणका लागि करिब २५ करोड खर्च अनुमान गरिएको छ। भारतको ग्रान्ड्युर मरिन इन्टरनेसनल कम्पनीले नर्वेली प्रविधिमा पानीजहाज निर्माण गरिरहेको छ।