अन्तर्राष्ट्रिय नारी दिवसमा बालेनको शुभकामना: नारी जननी, अभिभावक अनि साथी

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आज (मार्च ८) अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण नेपाली नारीलाई शुभकामना दिएका छन् ।

रास्वपाबाट प्रस्तावित प्रधानमन्त्री उम्मेदवारसमेत रहेका शाहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नारीप्रति सम्मान प्रकट गरेका हुन्।

संस्कृत श्लोक उद्धृत गर्दै बालेनले लेखेका छन्, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः। यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः॥नारी जननी, अभिभावक अनि साथी। समुन्नत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको हुन्छ।’

उनले अगाडि लेखेका छन्, ‘अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना गर्दछु।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको