चितवन । कौशिक गोत्रिय रेग्मी बन्धु समाज चितवनको दोस्रो अधिवेशन तथा वनभोज कार्यक्रम रत्ननगर नगरपालिका–९ स्थित इको पार्कमा भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनबाट रामबाबु रेग्मी पुनः अध्यक्षमा निर्वाचित भएका छन् । उहाँको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सम्झना रेग्मी, सचिवमा युवराज रेग्मी, सहसचिवमा दोर्णचार्य रेग्मी तथा कोषाध्यक्षमा ध्रुबराज रेग्मी चयन भएका छन् ।
अधिवेशन सम्पन्न गराउन गठित निर्वाचन समितिको संयोजकमा खिलराज रेग्मी तथा सदस्यमा रमेश रेग्मी र सुन्दर रेग्मी रहेका थिए । निर्वाचन प्रक्रिया सहमति र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ ।

कार्यक्रममा कौशिक गोत्रिय रेग्मी बन्धु समाजका केन्द्रीय सह–संयोजक विष्णुमणी रेग्मी प्रमुख अतिथि तथा कालिका नगरपालिकाका मेयर विनोद रेग्मीलगायतको उपस्थिती रहेको थियो। सो अवसरमा समाजका पूर्व केन्द्रीय सदस्य राजाराम रेग्मीले मन्तव्य राख्दै समाजको एकता, संगठन सुदृढीकरण र सामाजिक उत्तरदायित्वमा जोड दिएका थिए ।


अधिवेशनको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।


नवनिर्वाचित अध्यक्ष रामबाबु रेग्मीले समाजलाई थप सक्रिय, संगठित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।









