टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट आज ९शनिबार०देखि भारत र श्रीलंकामा सुरु हुँदैछ ।

प्रतियोगिता अन्तरगत आज एकैपटक तीन खेल हुँदैछ । पहिलो खेलमा श्रीलंकाको कोलोम्बोमा विहान पाकिस्तान र नेदरल्याण्ड भिड्ने छन् । आज नै भारतको कोलकातामा वेस्ट इन्डिज र स्कटल्यान्ड भिड्ने छन् भने साँझ साविक विजेता भारत र अमेरिका मुम्बईमा भिड्ने छन् । विश्वकपमा नेपालले भोलि इङल्याण्डसंग मुम्बईमा खेल्ने छ ।

विश्वकपमा यसपटक पनि २० राष्ट्र सहभागि छन् । सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट २ टिम सुपर ८ मा पुग्ने छन् ।

यसपटक विश्वकप केही अन्योल र विवादकाबीच सुरु हुन लागेको छ । भारतमा सुरक्षाका कारण देखाउँदै यसपटक बंगलादेश विश्वकपबाट बाहिरिएको छ भने पाकिस्तानले भारतसंगको खेल नखेल्ने निर्णयमा पुगेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको