सुनको मूल्य तोलाको तीन लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर हालसम्मकै उच्च पुगेको हो ।

शुक्रबार सुनको मूल्य तोलामा तीन लाख एक हजार चार सय रुपैयाँ पुगेको हो । बिहीबार तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ६ हजार १९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा पाँच हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको