प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चित गर्न आज दलका नेताहरूसँग संयुक्त छलफल गर्ने लाग्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजेका लागि बोलाइएको छलफलमा सरकारका कामकारबाही र प्राथमिकताबारे दलहरूलाई जानकारी गराइनेछ। निर्वाचन दर्ता प्रक्रियामा रहेका दलहरूलाई सक्रिय रूपमा चुनावमा भाग लिन आह्वान गर्न प्रधानमन्त्रीले यो छलफल गर्न लाग्नुभएको हो ।

यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेतासँग र जेनजी (युवा) प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरिसक्नुभएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, आजको छलफलको मुख्य उद्देश्य निर्वाचन प्रक्रियालाई समावेशी, पारदर्शी र जनमुखी बनाउँदै सबै राजनीतिक शक्तिलाई एकताबद्ध गराउनु हो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको