विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समेत विमानस्थलमा उपस्थित हुने मन्त्रालयले जनाएको छ।
हमासले जोशीलाई २०८० असोज २३ गते किबुत्ज आलुमिमबाट अपहरण गरेको थियो। अपहरणपछि केही समयको जीवित भिडियो केही दिनअघि मात्र सार्वजनिक भएको थियो। इजरायल र हमासबीच युद्धविराम सम्झौता र बन्दी साटासाटको क्रममा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।
डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको हो।
गत आइतबार इजरायलको तेल अवीवस्थित खटिभा ८ को स्मारक र बेन गुरियन विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। श्रद्धाञ्जलीका क्रममा विपिनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो।









