आज एकैदिन ७ हजार १ सयले बढ्यो सुनको मुल्य
काठमाडौं । आज एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

 

विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला करिब ४३ हजार रुपैयाँ बढेको छ । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ । शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ।

त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको