प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।  मंगलबार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनबारे रिट परेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार सरकार असंवैधानिक रहेको भनेर एउटा र प्रतिनिधि सभा विघटनविरूद्ध दुइटा रिट परेको छ। ‘रिट अध्ययनकै क्रममा छ। अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढ्छ,’ प्रवक्ता कोइरालाले भने।

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण जलेको छ।

त्यसकारण त्यसयता सर्वोच्चले नयाँ मुद्दा लिएको थिएन।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको