काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सैनिक सुरक्षाबाट बाहिरिएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ओली बाहिर आएको पुष्टि गरेका छन् ।
ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएका कारण उनका लागि सूर्यविनायककाे गुण्डुमा एक घर बहालमा लिइएको अर्का एक नेताले बताए । एमाले नेता महेश बस्नेतले उक्त घर व्यवस्थापन गरेका हुन् ।









