एनआरएनए कोलोराडो च्याप्टरको बोर्ड सदस्यमा घ्याल्चोकका  पौडेल सर्वसम्मत निर्वाचित

कोलोराडो, अमेरिका । गैरआवासीय नेपाली संघ (NRNA) को कोलोराडो च्याप्टरको बर्ष(२०२५-०२७)को लागि नयाँ कार्यसमितिमा शासन पौडेल सर्वसम्मत रूपमा बोर्ड सदस्य पदमा निर्वाचित भएका छन्। गोरखाको गण्डकी गाउँपालिका-७ घ्याल्चोक घर भई हाल कोलोराडो बस्दै आएका २५ वर्षीय पौडेल सर्वसम्मत निर्वाचित भएका हुन ।

कोलोराडोस्थित नेपाली समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आएका पौडेलले आफुलाई दिएको विश्वासप्रति आभार प्रकट गर्दै कोलोराडोस्थित नेपाली समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले आफूलाई बोर्ड सदस्य पदमा सर्वसम्मत गर्न भूमिका खेल्नु हुने कुशल रेग्मीलाई विशेष धन्यवाद व्यक्त गरेका छ्न । गैरआवासीय नेपाली संघमार्फत विश्वभर छरिएर रहेका नेपालीहरूबीच एकता, सहयोग र पहिचानको भावना बलियो बनाउन पौडेलले आफ्नो भूमिका प्रभावकारी रहने बताएका छ्न।

जुलाई (२७-२८)मा भएको निर्वाचनमा कोलोराडो च्याप्टरको अध्यक्षमा चन्द्रप्रकाश गुरुङ र सचीवमा भुवन सापकोटा निर्वाचित भएका छ्न । अध्यक्षमा गुरुङले १४५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी दिनेश कुमार श्रेष्ठले ७३ मत प्राप्त गरेका थिए । त्यसैगरी सचीवमा सापकोटाले १४९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अर्जुन बहादुर कार्कीले ६९ मत प्राप्त गरे । कार्यसमिति सदस्यहरु भने सर्वसम्मत निर्वाचित भएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको