काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजलरमट्टितेल मा एक रुपैयाँ मूल्य घटाएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ ३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा घटेर आएको निगमले जनाएको छ ।
निगम सञ्चालक समितिको निर्णयानुसार आज राति १२ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर १ रुपैयाँले मूल्य घटाएको हो ।









