एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ । एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा प्रकाशित गरेको हो ।

गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको