काठमाडौं । कक्षा १२ को परीक्षा शुरु भएको छ। पहिलो दिन आइतबार अनिवार्य अंग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरणको परीक्षा भइरहेको छ। देशका कतिपय भागमा बिहानैदेखिको झरीका कारण विद्यार्थी प्रभावित भएका छन्। अविरल वर्षाका कारण उनीहरूलाई परीक्षा हलसम्म पुग्न कठिनाइ भएको छ।
परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बिहान ८ बजे शुरु भएको परीक्षा ११ बजे सकिनेछ।









