काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तराईका क्षेत्रमा आगामी २ दिन अत्याधिक गर्मी हुने जनाएको छ ।
केही ठाउँमा तातो हावाको लहरसमेत फैलन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।
महाशाखाले तातो हावाको लहरसम्बन्धी बुधवार राति विषेश बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो।
महाशाखाले आगामी दुई दिनसम्म मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको उल्लेख गरेको छ।
यस्तै लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा आगामी २ दिन तातो लहरको समेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।









