सरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने

काठमाडौं । शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए ।

उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको नसक्ने कुरै हुँदैन ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको