सुनको मुल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ९१ हजार पुग्यो

काठमाडौं । सोमबार फेरि सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।बनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यसअघि बिहीबार १ लाख ९० हजार ६ सय रुपैयाँको उच्च रेकर्ड रहेको थियो । चाँदीको मूल्य भने केही दिनयता स्थिर छ । प्रतितोला १ हजार ९६० मा चाँदीको कारोबार भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको