समाजवादी मोर्चाले मुख्य सडकमै निर्माण गर्‍यो मञ्च

काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा आज गणतन्त्र पक्षधर समाजवादी मोर्चाले प्रदर्शन गर्ने भएको छ । त्यसका लागि अहिले मञ्च निर्माणको काम भइरहेको छ ।

मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै मञ्च निर्माण गरिरहेको छ । मुख्य सडकमै मञ्च निर्माण भएपछि त्यस क्षेत्रमा बिहानैदेखि सवारी साधन डाइभर्ट गरिएको छ ।

समाजवादी मोर्चामा आबद्ध नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।

आजै राजावादीहरूले काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने तयारी छ । दुवै समूह प्रदर्शनमा उत्रिने भएपछि आज काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिन्छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको